×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नसकिने के रहेछ र ? उज्वल नरेन्द्र बास्तोला जसले सिएको परिक्षामा ८९.३३ % ल्याए !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नसकिने के रहेछ र ? उज्वल नरेन्द्र बास्तोला जसले सिएको परिक्षामा ८९.३३ % ल्याए !

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ८९.३३ % त्यो पनि सिएको परिक्षामा ! झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो कुरा सत्य सावित भएको छ । एकेडेमी अफ कमर्श (एओसी) मा अध्ययन गरिरहेका विद्यार्थी उज्वल नरेन्द्र बास्तोलाले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गत डिसेम्बरमा लिएको सिएको पहिलो तह क्याप वानमा ८९.३३ प्रतिशत ल्याएका छन् । यो सिए अध्ययनका क्रममा आइक्यानको इतिहासमै सबैभन्दा बढी अंक हो ।  

दुवै बोर्डबाट प्रथम नतिजा ल्याउने पहिलो इन्स्टिच्युट 

यो नतिजासँगै एओसी दुवै बोर्डमा प्रथम नतिजा ल्याउने पहिलो सिए इन्स्टिच्युट बन्न सफल भएको छ ।  यस अघि एओसीमै अध्ययन गरेका प्रणव प्रतिक तुल्स्यानले भारतीय बोर्डको सिएका दुवै तहमा भारतभरमै प्रथम नतिजा ल्याएका थिए । ‘हामीले नेपाल बोर्डमा पनि इतिहास रचेका छौं । दुवै बोर्डबाट प्रथम नतिजा ल्याउने हामी पहिलो सिए इन्स्टिच्युट भएका छौं । हाम्रो मेहेनत, विद्यार्थीको लगनशीलता र अरु सबै शुभचिन्तकहरुको सहयोगबाट हामीले यस्तो उत्कृष्ट ल्याउन सफल भएका छौं । ‘ एओसीका प्रवन्ध निर्देशक दीपक पाण्डेले अर्थ सरोकारसँग भने ।  
सजिलो छैन यो इतिहास ब्रेक गर्न 
सिएको कुनै पनि तहको परिक्षामा ८९.३३ प्रतिशत ल्याउनु भनेको ‘जादुमय’ नतिजा हो । यसअघि नीरु श्रेष्ठले ८६ प्रतिशत ल्याउँदा पनि उक्त नतिजा ब्रेक गर्न धेरै समय लागेको थियो । ‘८९.३३%’ भनेको जादुमय नतिजा हो /’ एओसीका प्रबन्ध निर्देशक दीपक पाण्डे भन्छन्, ‘यो नतिजा ब्रेक गर्न सजिलो पक्कै छैन । तर यो रेकर्डलाई पनि तोड्ने हाम्रो प्रयास भने जारी रहनेछ । ‘  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: