
एजेन्सी – एप्पलले दक्षिण भारतीय राज्य कर्नाटकमा आइफोन उद्योग खोल्ने तयारी गरिरहेको छ । एप्पलले बैङ्लोरमा फ्याक्ट्री खोल्न लागेको कर्नाटकका सूचना तथा प्रविधिमन्त्री प्रयाग खार्गेले बताए।
भारतीय पक्षले यो कुराको पुष्टि गरेपनि एप्पलले भने आधिकारिक घोषणा गरिसकेको छैन । एप्पलले भारतमा ठूलो लगानी गर्न चाहेको भने बताउँदै आएको छ ।आगामी अप्रिल महिनादेखि भारतमा एप्पलले उत्पादन सुरु हुने उनले जानकारी दिए।
एप्पलले भारतीय मोबाइल बजारको २ प्रतिशत हिस्सा मात्र ओगटेको छ । बजारमा सामसुङका स्मार्ट फोनहरुको दवदबा छ र हाल एप्पलले प्रिमियम ब्राण्डको रुपमा मात्र आफ्नो उत्पादन बेचिरहेको अवस्था छ । यस्तो अवस्थामा भारतीय बजारमा आफ्नो उपस्थिती बढाउनका लागि एप्पलले भारतमा लगानी गर्न लागेको बताइएको छ ।
बजारमा बिक्री प्रतिशत कम भएपनि एप्पलले भारतीय बजारमा आफ्नो संभावना बलियो देखेको छ। प्रिमियम फोनहरुको बजारमा एप्पलको आधा जतिनै कब्जा छ त्यसैको बलमा एप्पलले बजार बिस्तारको रणनीति लिएको छ । भारतमा आइफोन सानो समूहको लागि मात्र लक्षित छ त्यसैले एप्पलको अहिलेसम्म भारतमा आफ्नो ब्राण्डको छुट्टै स्टोर छैन ।
भारतमा यसको बजार त्यति ठूलो हुन नसक्ने विश्लेषकहरु बताउँछन् । भारतको ठूलो जनसंख्याले साधारण र सस्तो मोबाइल सेट मात्र किन्न सक्ने क्षमता राख्छन् । आइफोनको सबैभन्दा सस्तो भर्सनको पनि १९४ डलर पर्छ। महंगो आइफोन ७ प्लसको ११६४ डलर पर्छ । यही सुविधा भएका अन्य स्मार्टफोनहरुको भाउ भने १ सय देखि १२० डलरमात्र पर्छ ।
यसले गर्दा एप्पलको बजार खासै ठूलो हुन सक्ने देखिन्न । भारतमा फ्याक्ट्री खोलेपछि भने एप्पलका सेटहरुको भाउ केही घट्न सक्ने भारतीय बजारले आशा गरेको छ । समाचार अनुसार एप्पलले आफ्नो फ्याक्ट्री बनाउने जिम्मा ताइवानी कम्पनी विस्ट्रनलार्इ सुम्पिसकेको छ ।
उत्पादनका लागि भने एप्पलको सबैभन्दा ठूलो साझेदार ताइवानी जायन्ट फक्सकन हो जसले चीनमा विश्वकै सबैभन्दा ठूलो आइफोन फ्याक्ट्री संचालन गर्दै आएको छ । एप्पलले एकैपटक उत्पादनमा नगइ पहिलो चरणमा एसेम्बल गर्ने र दोस्रो चरणमा मात्र उत्पादनमा जान सक्ने अनुमान गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्