
- अर्थ सरोकार संम्वाददाता
काठमाडौ – अरनिको डेभलपमेन्ट बैंकको ९४ हजार ८५०.३४ कित्ता सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन हो । आज कार्यालय समयभित्र यो सेयरमा आवेदन दिइसक्नुपर्नेछ । बैंकले सर्वसाधारण समूहको ५१ हजार ९०.४१ कित्ता र संस्थापक समूहतर्फ ४३ हजार सात सय ५९.९३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
यसअघि अरनिकोले कात्तिक ८ देखि मंसिर १२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम मूल्य एक सय रुपैयाँभन्दा माथि मूल्य राखी बोलपत्र फारम भर्नुपर्नेछ । आवेदककले सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौँ र अरनिको डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय धुलिखेल काभ्रेबाट बोलपत्र फारम लिन र बुझाउन सक्नेछन् ।
अरनिकोको लिलामी सेयरमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको हो । बोलपत्र माघ २५ गते दिउँसो ३ बजे सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा खोलिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्