
- अर्थ सरोकार सम्बाददाता
पहिल्लो समयमा अष्ट्रेलियामा जाने नेपालीहरुको संख्या बढ्दो छ । तर नेपाली रहनसहनमा हुर्केका कतिपयलाई अष्ट्रेलियाको बसाइ महँगो लागेको पाइएको छ । यसो त अष्ट्रेलिया र नेपालको पैसाको भाउ फरक हुनुले पनि यस्तो लागेको हुन सक्छ । यद्यपी अष्ट्रेलियामा बसेर ‘यसको नेपाली रुपैयाँ कति पर्यो ?’ भनेर हिसाव गर्नेलाईचाहिं अष्ट्रेलिया साच्चै महँगो सावित भएको छ ।
मासुभन्दा साग महँगो :
अष्ट्रेलियामा मासुभन्दा साग महँगो छ । अष्ट्रेलियाको क्विन्स्ल्यान्डमा ४५ किलोको सिङ्गो खसी १०० डलरमा पाइन्छ । यो भनेको नेपाली ८ हजार रुपैयाँ हो । अष्ट्रेलियाका खसीहरू नेपालका भन्दा केहि ठुला पनि हुन्छन् भने यो भाउ पनि नेपालभन्दा निकै सस्तोहो । ‘लेवर ज्याला निकै महँगो छ । तर खसी निकै सस्तो छ। ‘ अष्ट्रेलियामा बस्ने काभ्रे घर भएका सुमन श्रेष्ठले अर्थ सरोकार डटकमसंग भने । उनका अनुसार अष्ट्रेलियामा साग ४ देखि ५ डलर तिर्नुपर्छ ।
कपाल काटेको २४०० रुपैयाँ !
यता अष्ट्रेलियामा कपाल काटेको नेपाली २४०० रुपैयाँ तिर्नुपर्छ । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सर्लाही घर भएका सुमन उप्रेती भन्छन्, ‘ यहाँ त कपाल काटेको २४०० रुपैयाँ तिर्नुपर्छ । यहाँको तुलनामा नेपाली मुद्रा कमजोर भएर यस्तो लागेपनि कपाल न काट्ने हो । झल्झल्ती नेपालका हजाम दाजुहरुको याद आउँछ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्