
प्रचण्डसँग विद्रोह गरी जन्मेको नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई समेत प्रचण्डझै तानाशाह बनेको भन्दै नयाँ शक्तिमा विद्रोह भएको छ । पार्टीमा कुनै छलफल नगरी उपेन्द्र यादवसँग मिलेर विज्ञप्ती जारी गरिएको प्रकरणले पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको सतहमा आएको छ ।
स्थानीय निकायको चुनावको विरोध गर्दै वावुराम भट्टराईले विज्ञप्ती निकालेको १२ घण्टा नपुग्दै नयाँ शक्तिवालाहरुले वावुराम भट्टराईको चर्को आलोचना गर्दै अर्को विज्ञप्ती निकालेपछि नयाँ शक्तिमा खैलाबैला मच्चिएको छ । बुहारीको उपचारको बाहनामा दिल्लीबाट उपेन्द्र यादव फर्किए लगत्तै वावुराम भट्टराई र उपेन्द्र यादवद्धारा संयुक्त हस्ताक्षर गरिएको विज्ञप्ती सार्वजानिक भएको १२ घण्टा नबित्दै नयाँ शक्तिवाला ९ जना केन्द्रीय परिषद सदस्यहरुले बिहिबार साँझ ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेसँगै नयाँ शक्तिमा खैलाबैला मच्चिएको छ ।
नीर्मल भट्टराई, मोहन बम र देव लिम्बु लगायत ९ जना केन्द्रीय परिषद सदस्यको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टी सिंगो देशको आर्थिक संवृद्धिको लागि गठन भएको पार्टी हो, सबै उत्पिडित वर्ग, जाति, क्षेत्र र समुदायको समतामुलक सम्वृद्धिको लागि गठन भएको पार्टी हो । कुनै क्षेत्र वा समुदायको एजेण्डा बोकेर हिड्ने पार्टी होइन। नयाँ शक्ति पार्टीलाई नै चुनाव विरोधी देखाउने गरि आएको सो विज्ञप्तिमा सहि गर्ने आफ्नो एकल निर्णय फिर्ता गर्न नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई हामी हार्दिक आव्हान गर्दछौं।’
उनीहरुले बाबुरामले पार्टीभित्र छलफल नै नगरिकन चालेको उक्त कदमप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन साथै उनीहरूले नेतृत्वको उक्त स्वेच्छाचारी निर्णय फिर्ता गराउन पार्टीका नेता र कार्यकर्तालाई अपिल समेत गरेका छन् । मन्त्रिपरिषदले सोमबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि भट्टराईले बुधबार ६ सुत्रिय अजेण्डासहितको एकल विज्ञप्ति निकालेका थिए।
विहिबार बिहान संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर चुनावको मिति स्थगनको मागसहित संयुक्त वक्तव्य जारी गरेका थिए। साथै मधेसी मोर्चाको आन्दोलनमा समेत ऐक्यबद्धता जनाएका थिए।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्