
काठमाडौँ – बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति सहित उपेन्द्र यादवको संघीय समाजवादी पार्टीलाई निर्वाचन आयोगले जरिवाना तिराउने भएको छ ।
निर्वाचन आयोगका समयमै वार्षिक आय ब्यय विवरण बुझाउन ढिलो गरेकाले जरिवाना गरिएको हो । आयोगले गोरखापत्रमा राजनीतिक दलहरुलाई स्पष्टिकरण पेश गर्ने सम्बन्धी सूचना प्रकाशित गरी नयाँ शक्ति पार्टीसहितका ३० वटा पार्टीहरुसँग एक सय रुपिँया जरिवाना किन नगर्ने भनी स्पष्टीकरण माग गरेको हो ।
आयोगमा दर्ता भएका दलले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय ब्यय विवरणको वार्षिक प्रतिवेदन आयोग समक्ष पेश गर्नुपर्ने व्यबस्था छ ।
तर, आर्थिक वर्ष २०७२–७३ को विवरण ढिलो पेश गरेकोले राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा १६ बमोजिम एक सय रुपैयाँ जरिवाना किन नगर्ने र नगर्नु पर्ने कुनै आधार भए तीन दिनभित्र अर्थात् फागुन १४ गतेभित्र स्पष्टीकरण पेश गर्न भन्दै आयोगले सूचना जारी गरेको हो ।
आयोगले स्पष्टीकरण सोधेका अन्य दलहरुमा नयाँ शक्ति पार्टी,संघीय समाजबादी फोरम नेपाल, राजकिशोर यादबको मधेसी जनाधिकार फोरम गणतान्त्रिक र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट लगायत १२ वटा दलहरु छन् । आयोगले अहिलेसम्म आय ब्ययको विवरण नबुझाएका विभिन्न १८ दललाई पनि स्पष्टीकरण सोधेको छ । जसमा सांसद हरिचरण साहको जनता दल, चुरे भावर पार्टी लगायत छन ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्