
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओली र हालै राज्यविप्लव मुद्दामा पक्राउ परेका सीके राउत एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् ।
संयोजक भट्टराईले मधेसमा देखिएको समस्या सम्बोधन नभएकै कारण सीके राउत प्रवत्ति हावी भएको र त्यस्तो प्रवृत्तिलाई एमाले अध्यक्ष ओलीले मलजल गरिरहेको आरोप समेत लगाए । एकल जातीय अहंकारवादको आधारमा विभेद गर्दा मधेसी, थारु र आदिवासी जनजाति समुदायमा ठूलो असन्तुष्टी हुन पुगेको छ । त्यसैको परणामस्वरुप सीके राउत प्रवृत्ति आइरहेको छ ।
त्यसलाई बल पुर्याउने काम खस आर्य पहाडे अशंकारवादले गरेको छ। त्यसको नेतृत्व लिन केपी ओली र अन्य बीच प्रतिस्पर्धा चलिरहेको छ । त्यसकै अर्को पाटो सीके राउत हो भन्ने म ठान्छुु उनले भने केपी ओली र सीके राउत एउटै सिक्काको अलग अलग पाटाहरु हुन्। तर हाम्रो देश अखण्ड नेपाल हो । देशलाई टुक्र्याउने कुरा हामी कसैले गर्नु हुँदैन ।
आइतबार जनकपुरमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मधेसको माग सम्बोधन नगरी मुलुक निर्वाचनमा गए गम्भीर संकटमा फस्ने चेतावनी पनि दिए । उनले मुलुकलाई एकतावद्ध बनाएर लैजान पनि मधेसको माग सम्बोधन गर्नुको विकल्प नरहेको जिकिर गरे ।
संयोजक भट्टराईले संघीयता कार्यान्वयनमा चुनौती थपिएकाले समस्या समाधानका लागि आफ्नो पार्टीले सहजीकरणको भूमिका निर्वाह गरिरहेको दावी समेत गरे । मधेसको माग सम्बोधन गरेर मात्रै निर्वाचनमा जान सरकारलाई आफनो पार्टीले सुझाव दिँदै आएको उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्