×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनयुद्धका बेला भएका हानि नोक्सानी प्रति सार्वजानिक रुपमा मागे बाबुरामले क्षमायाचना

LAXMI SUNRISE BANK
GLOBAL

जनयुद्धका बेला भएका हानि नोक्सानी प्रति सार्वजानिक रुपमा मागे बाबुरामले क्षमायाचना

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – आज फागुन एक,माओवादीले जनयुद्ध सुरुवात गरेको दिन । सोही दिनको अवसरमा माओवादी छाडेर नयाँ शक्तितिर लागेका डा.वावुराम भट्टराईले पहिलोपटक  सार्वजनिक रुपमा क्षमा मागेका छन्  । उनले जनयुद्धका क्रममा  भएका कमीकमजोरी र दुःखकष्टहरुप्रति क्षमायाचना मागेका हुन ।
नेपाली लोकतान्त्रिक आन्दोलनमा जनयुद्धको भूमिका लामो समय स्मरणीय रहने भन्दै हानी नोक्सानीप्रति आफ्नो हिस्साको जिम्मेवारी लिने समेत बताएका  हुन् ।
जनयुद्ध दिवसको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत जनयुद्धका सहिद, बेपत्ता र घाइतेप्रति सम्मान पनि व्यक्त गरेका छन ।
  
तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते नेपालमा जनयुद्ध सुरु गरेको थियो । दश वर्ष लामो युद्धको २०६३ सालमा शान्ति सम्झौतासहित अन्त्य भएको घोषणा गरिएको थियो । माओवादी आन्दोलनसम्बद्ध विभिन्न पार्टीहरुले जनयुद्धको सुरुवात भएको दिनलाई ’जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी