
काठमाडौं – आगामी आर्थिक वर्ष ९२०७४र०७५० को बजेटको आकार ११ खर्ब ५६ अर्ब हाराहारीमा हुने भएको छ। चालू आर्थिक वर्षको बजेटको आकारभन्दा १० प्रतिशत बढाएर आगामी वर्षका लागि बजेटको सिलिङ तोक्ने तयारी अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयले जनाएको छ।
अर्थसचिव डा शान्तराज सुवेदीले आगामी आवको बजेटको सिलिङ ११ खर्ब ५६ अर्ब रुपैयाँ रहेको जानकारी दिए। “थपघट नभएको अवस्थामा आगामी बजेटको आकार ११ सय ५६ अर्ब हुने सहमति भएको छ,” उनले भने। गतसाता राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा बसेको स्रोत समितिको बैठकले आन्तरिक र वाह्य स्रोतको विवरणसहित आगामी बजेटको अध्ययन गरेर बजेटको सीमा निर्धारण गरेको थियो।
उक्त रायका आधारमा अर्थ मन्त्रालयले चालू आवको बजेटको आकार १० प्रतिशत बढाउन सहमत देखिएको हो। सरकारले चालू आवका लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको छ। सिलिङअनुसार बजेट आएमा चालू आवको बजेटभन्दा आगामी वर्षको बजेट १ खर्ब ८ अर्ब रुपैयाँले बढी हुनेछ।
अर्थसचिव सुवेदीले नयाँ र प्रभावकारी कार्यक्रमहरू आएमा बजेटको आकार बढ्नसक्ने बताए। चालू आवको बजेट नै अर्थतन्त्रको आकारभन्दा ठूलो भएको टिप्पणीका कारण सरकार ठूलो बजेट नल्याउने तयारीमा छ। “योजना आयोगले ११ सय ५६ अर्ब रुपैयाँको सिलिङ अर्थ मन्त्रालयमा पठाईसकेको छ” आयोगका सचिव चन्द्र घिमिरेले भने। उनका अनुसार आयोगले तोकेको सिलिङअनुसार अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरूलाई कार्यक्रम तयार गर्न केही समय दिनेछ।
त्यसअनुसार नै मन्त्रालयहरूले कार्यक्रम तयार गरी अर्थमा पठाउँछन्। मन्त्रालयहरूको पठाएको अन्तिम कार्यक्रममा पनि अर्थ मन्त्रालयले सरकारको प्राथमिकता हेरेर छनौट गर्ने परम्परा छ। १४ औं योजनाले ऊर्जा, सडक तथा हवाइ यातायात, सूचना तथा सञ्चार र ग्रामीण सहरी विकासका लागि पूर्वाधार निर्माण गर्ने तथा सामाजिक विकास र सामाजिक सुरक्षा एवं संरक्षणमा जोड दिने लक्ष्य राखेको छ। कारोबार दैनिकबाट साभार गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्