
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – चालु आर्थिक वर्ष अर्लि बजेट आएपनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ । अर्थमन्त्रालयले अहिले केही बेरमा मध्यावधि समिक्षामार्फत बजेटको कार्यान्वयनको अवस्था बारेमा जानकारी दिनेछ ।
संवैधानिक रुपमै बजेटको आउने दिन घोषणा भएपनि विकास खर्चको अवस्था निराशाजनक छ । फागुन ८ गतेसम्म विकास खर्च १७ दशमलब ६४ प्रतिशत मात्रै छ । चालु आर्थिक वर्षमा ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ विकास खर्च विनियोजन गरिएकोमध्ये अहिलेसम्म ५५ अर्ब मात्रै खर्च भएको छ ।
एमाले र एकीकृत माओबादी केन्द्रको संयुक्त सरकार हुँदा तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएपछि सरकार परिवर्तन भएको थियो ।
पौडेल ल्याएको बजेट कार्यान्वयनको जिम्मा लिएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुरुवातमा पुरक बजेटमा बढी ध्यान दिए । पूरक बजेट ल्याउन राजनीतिक सहमति जुटेन । पूरक बजेट नआएपछि बजेट कार्यान्वयनको अवस्था समेत सन्तोषजनक छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्