
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुले सम्पति विवरण सार्वजनिक गर्नु पर्ने भएको छ । संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफियाले सम्पति विवरण सार्वजनिक गर्न अनिवार्य गरेको हो ।
वाफिया राष्ट्रपतिबाट प्रमाणीकरण हुन मात्र बाँकी छ । बाफियाको दफा १२० मा सञ्चालक, पदाधिकारी र कार्यकारी प्रमुखले सम्पति विवरको सार्वजनिक गर्नु पर्ने व्यवस्था गरेको छ ।
उनीहरुले आफ्नोवाहेक आफ्ना परिवारको नाममा रहेको चल अचल सम्पूर्ण सम्पति तथा दायित्वको विवरणसमेत सार्वजनिक गर्नु पर्ने छ । उनीहरुले आर्थिक बर्ष सकिएको ६० दिनभित्र अर्थात भदौ मसान्तभित्र विवरण सार्वजनिक गर्नु पर्छ ।
सञ्चालक र प्रमुख कार्यकारीले सम्पति विवरण राष्ट्र बैंकमा बुझाउनु पर्छ । विवरणमा आयको स्रोतसमेत खुलाउनु पर्छ ।
राष्ट्र बैंकले अहिलेकै कानुनअनुसार कर्मचारीले पनि विवरण वुझाउनु पर्ने निर्देशन दिइसकेको छ। तर राष्ट्र बैकमा वुझाउने विवरण कहाँ राखिन्छ, कुन प्रयोजनमा प्रयोग गरिन्छ, केही पनि उल्लेख छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्