Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमान्डू लुम्बिनीको सेयर मूल्य समायोजन, एफपीओ पाइपलाइनमा

अर्थ सरोकार

बैंक अफ काठमान्डू लुम्बिनी, बिओकेएलको सेयर मूल्य समायोजन गरिएको छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट २३ प्रतिशत बोनस सेयर घोषणा गरेको थियो । 
बोनस सेयर समायोजनपछिको बैंकको सेयर मूल्य प्रति कित्ता समायोजित सेयर मूल्य ४ सय ३० रुपैयाँ र आधार मूल्य ४ सय ६३ कायम गरिएको छ । २३ प्रतिशत बोनस सेयरका लागि फागुन १५ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले फागुन १२ सम्म कायम सेयरधनीहरुले मात्र २३ प्रतिशत बोनस सेयर पाउने छन ।
आर्थिक बर्षको कमाईबाट २३ प्रतिशत बोनस सेयर दिने संचालक समितिको प्रस्ताब, संचालकका लागि एफपीओ सेयर तथा बैंकको नाम परिवर्तन गरि बैंक अफ काठमान्डू लुम्बिनी राख्ने प्रस्ताब बैंकको आगामी बार्षिक साधारणसभाको मुख्य एजेन्डा रहेका छन ।  
२३ प्रतिशत बोनस सेयर बितरणपछि बैंकको चुक्ता पुंजी ५ अर्ब ६२ करोड पुग्ने छ । त्यस्तै ६२ लाख ८ हजार कित्ता एफपीओ बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब २५ करोड पुग्ने छ ।    बिओकेएलले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६० करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK