×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सात कम्पनीले निष्काशन गर्दैछन् साढे तीन करोडभन्दा बढी कित्ता हकप्रद सेयर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सात कम्पनीले निष्काशन गर्दैछन् साढे तीन करोडभन्दा बढी कित्ता हकप्रद सेयर

१५ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

कैलाश विकास बैंकले गत फागुन ६ गतेदेखि चैत्र १० गतेसम्मका लागि २० प्रतिशत हकप्रद सेयरको निष्काशन खुला गरेको छ । पुस १३ गतेसम्म कायम सेयरधनीले भर्न पाउने उक्त सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय र कैलाश विकास बैंकको सबै शाखा कार्यालयबाट हकप्रद भर्न पाइने र बैंकको पाँच कित्ता सेयर हुनेले एक क्रित्ता सेयर पाउने बताइएको छ ।

कैलाश विकास बैंकबाहेक सात वटा बैंक तथा वित्तीय संस्था हकप्रद निष्काशनको अन्तिम तयारीमा लागेका छन् । भार्गव विकास बैंक, डिप्रोक्स लघुवित्त, नेरुडे लघुवित्त, कुमारी बैंक, मिसन डेभलपमेन्ट बैंक, प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंकले कुल तीन करोड ५८ लाख १७ हजार सात सय ७७ दशमलव एक कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । सबै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाइसकेका छन् । हेरौँ, कुन संस्थाको कति हकप्रद सेयर कहिले आउँदैछ :

भार्गव विकास बैंक
भार्गव विकास बैंकले आागामी फागुन २४ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर आगामी ११ गतेसम्म कायम सेयरधनीका लागि जारी गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल भार्गव विकास बैंकको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । उक्त अनुपातमा हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ ।

डिप्रोक्स लघुवित्त विकास बैंक
डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा २५ करोड ७९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५१ करोड ५८ लाख पुग्ने बैंकले जनाएको छ । बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेरुडे लघुवित्त विकास बैंक
नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एक को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । नेरुडेले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड रुपैयाँ बराबरका नौ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको लघुवित्तले आगामी वार्षिक साधारणसभाबाट हकप्रद र बोनस दुबै प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर र बोनस सेयर वितरण गरिसकेपछि नेरुडे लघुवित्तको चुक्तापुँजी ३० करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

कुमारी बैंक
कुमारी बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्दैछ । बैंकले एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।  बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस र हकप्रद सेयर वितरण गरेपछि बैंकको पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ ।

मिसन डेभलपमेन्ट बैंक
मिसन डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । मिसनले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ४९ हजार दुई सय ५० कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर जारी गर्नका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल मिसन डेभलपमेन्ट बैंकको चुक्तापुँजी १९ करोड ४९ लाख २५ हजार एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ३८ करोड ९८ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।


प्रभु इन्स्योरेन्स लिमिटेड
प्रभु इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस सेयर वितरण गरेको कम्पनीले बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय २१ औँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार नौ सय रुपेयाँ बराबरको १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल प्रभु इन्स्योरेन्सको चुक्तापुँजी ३८ करोड ५० लाख १५ हजार रुपैंया रहेको छ । हकप्रद निष्काशनपछि  कम्पनीको चुक्तापुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैंया पुग्नेछ ।

सिटिजन्स बैंक इन्टरनेशनल
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २५ प्रतिशत अर्थात १० बराबर २.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले दशौं वार्षिक साधारण सभाबाट पारित भएबमोजित एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिटिजन्स बैंकको चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ पुग्नेछ । बैंकले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रवन्धक नियुक्त गरिसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: