×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विशेष खुलासा : ब्रोकर लाइसेन्सको माग गर्दै नेप्से, धीतोपत्र बोर्ड र राष्ट्र बैंकमा जाने बैंकर्स एसोसीएसनको तयारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विशेष खुलासा : ब्रोकर लाइसेन्सको माग गर्दै नेप्से, धीतोपत्र बोर्ड र राष्ट्र बैंकमा जाने बैंकर्स एसोसीएसनको तयारी

Artha Sarokar

२० माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बैंकलाइ ब्रोकर लाइसेन्स दिने वा नदिने भन्ने चर्चा- परिचर्चा भईरहेका बेला बैंकर्स एसोसीएसन संस्थागत रुपमै ब्रोकर लाइसेन्सको माग गर्दै नेपाल राष्ट्र बैंक, धीतोपत्र बोर्ड र नेप्से जाने भएको खुलासा भएको छ । सेयर लगानीकर्ता संघसँगको भेटमा बैंकर्स एसोसीएसनका अध्यक्ष अनील शाहले यस्तो बताएको संघका सह-प्रवक्ता हरिश दाहालले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।
‘बैंकलाइ ब्रोकरको लाइसेन्स दिन माग गर्दै बैंकर्स एसोसीएसन नै सम्बन्धित निकायमा पुग्न लागेको खबरले हामी उत्साहित छौं । यसले नेपाली पूँजीबजारको अवस्थालाई अझ मजबुत बनाउनेछ भन्ने हाम्रो आशा छ ।’ सह- प्रवक्ता दाहालले अर्थ सरोकार डटकमसंग भने ।
बैंकलाइ लाइसेन्स दिने प्रक्रिया सुरु भए, बजारले छलाङ मार्ने सरोकारवालाहरुको दावी छ ।     
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी