×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर महानगरपालिका बन्ने तयारी पूरा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भरतपुर महानगरपालिका बन्ने तयारी पूरा

२ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • प्रनिश थापा अर्थ सरोकार डटकम

काठमाण्डौ – भरतपुर उपमहानगरपालिका महानगरपालिका बन्ने अन्तिम चरणमा पुगेको छ ।  पुर्नसंरचना आयोगले पेश गरेको खाका अनुसार भरतपुर महानगरपालिका बन्न सबै मापदण्ड पुरा भएको हो । हामीलाई प्राप्त भएको गोप्य पत्र अनुसार साविक भरतपुर उपमहानगरपालिका संग चित्रवन नगरपालिका र नारायणी नगरपालिका मिसाएर भरतपुर महानगरपालिका बनाउन लागिएको हो । 
भरतपुर महानगरपालिका बन्दा २८ वटा वडामा विभाजन गरेको हुनुपर्नेछ । भरतपुरमा चित्रवन र नारायणी नगरपालिकालाई मिसाउँदा कुल २ लाख ७४ हजार ६ सय ८७ जनसंख्या हुनेछ । यो महानगरपालिका हुन उपयुक्त हुने जनाइएको छ । भरतपुरको हालको जनसंख्या एक लाख ९९ हजार ८ सय ६७, चित्रवन नगरपालिकाको ३४ हजार ९ सय १३ र नारायणी नगरपालिकाको ३९ हजार ९ सय ७ जनसंख्या रहेको छ । 
प्रस्तावित वडाहरुमा भरतपुर महानगरपालिका वडा नं.१ मा साविक भरतपुर १ र ३, वडा नं. २ मा साविक वडा नं.२ नै कायम गरिएको छ । यस्तै वडा नं.३ मा साविक वडा नं.४, महानगरपालिका वडा नं. ४ मा साविक वडा नं.५, महानगरपालिका वडा नं. ५ मा साविक वडा नं. ६, महानगरपालिका वडा नं. ६ मा साविक वडा नं.१०, महानगरपालिका वडा नं. ७ मा साविक वडा नं. ११, महानगरपालिका वडा नं. ८ मा साविक वडा नं.१२, महानगरपालिका वडा नं.९ मा साविक वडा नं ९ नै कायम गरिएको छ ।
 त्यसैगरी , महानगरपालिका वडा नं. १० मा साविक वडा नं. ७, महानगरपालिका वडा नं.११ मा साविक वडा नं. ८, महानगर पालिका वडा नं. १२ मा साविक वडा नं. १३ र १४, महानगरपालिका वडा नं. १३ मा साविक वडा नं. २१ र २२, महानगरपालिका वडा नं. १४ मा साविक वडा नं. २०, २६ र २८, महानगरपालिका वडा नं. १५ मा साविक वडा नं. २७ र २९, महानगरपालिका वडा नं. १६ मा साविक वडा नं. २४ र १९, महानगरपालिका वडा नं. १७ मा साविक भरतपुर वडा नं। २३, २५ र नारायणी वडा नं। ७, महानगरपालिका वडा नं। १८ मा साविक भरतपुर वडा नं.१५ र १६, महानगर पालिका वडा नं। १९ मा भरतपुर वडा नं. १७ र १८, महानगरपालिका वडा नं। २० मा साविक चित्रवन १, २ र ११ कायम गरिएको छ । 
यस्तै महानगरपालिका वडा नं. २१ मा साविक चित्रवन वडा नं. ३, ४ र ६, महानगरपालिका वडा नं. २२ मा साविक चित्रवन वडा नं। ७, ९ र १०, महानगर पालिका वडा नं. २३ मा साविक चित्रवन वडा नं.५, ८ र १२, महानगरपालिका वडा नं. २४ मा साविक नारायणी वडा नं. ८, ९ र ११, महानगर पालिका वडा नं. २५ मा साविक नारायणी वडा नं. १० र १२, महानगरपालिका वडा नं। २६ मा साविक नारायणी वडा नं. ४, ५ र ६, महानगर पालिका वडा नं। २७ मा साविक चित्रवन वडा नं. १३, १४ र नारायणी वडा नं. ३, महानगरपालिका वडा नं। २८ मा साविक नारायणी वडा नं. १ र २ कायम गरिएको छ ।
 सरकारले भरतपुरलाई महानगरपालिका घोषणा गर्ने वित्तिकै यी वडाहरु लागु हुनेछ । चितवनबासी रहेका बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरलाई महानगरपालिका बनाउन जोड गरिरहनु भएको छ । उहाँले भरतपुर उपमहानगरपालिकाको परिषद् बैठकमा पनि भरतपुरलाई महानगरपालिका बनाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: