×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोटरी भवन बनाउन दम्पतीले गरे एक करोड सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रोटरी भवन बनाउन दम्पतीले गरे एक करोड सहयोग

Artha Sarokar

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

काठमाण्डौ – चितवन रोटरी क्लबले निर्माण गर्न लागेको भवनका लागि यहाँका एक दम्पतीले रु एक करोड सहयोग गरेका छन् । क्लबले आयोजना गरेको कार्यक्रममा भरतपुर उपमहानगरपालिका–४ निवासी सन्तकुमार श्रेष्ठ र उहाँकी पत्नी निर्मला श्रेष्ठले आफ्ना बाबु आमा को नामबाट पुन्ना नारायण उजेली कार्डिया सेन्टर सञ्चालनका लागि सहयोग गर्नु भएको हो । 
सो अवसरमा चेक हस्तान्तरण सहितको सम्झौता गरिएको थियो । संझौता बमोजिम हिजो रु ५० लाखको पहिलो चेक हस्तान्तरण गरिएको र निर्माणका क्रममा थप रु ५० लाख दिने उल्लेख छ । भरतपुर उपमहानगरपालिका–१० मा रोटरीयन चन्द्रेश्वर भट्टराईका पिता स्व श्रीप्रसाद भट्टराईले रोटरीलाई उपलब्ध गराउनुभएको करिब एक गट्ठा जमिनमा रोटरीले छ तले भवन निर्माण गरी तेस्रो तलामा कार्डिया सेन्टर स्थापना गर्दै छ ।
 क्लबका अध्यक्ष चन्द्र मान श्रेष्ठका अनुसार भवनको पहिलो र दोस्रो तलालाई व्यावसायिक प्रयोजन गरिँदै छ भने चौथोमा व्यावसायिक तालिमकेन्द्र निर्माण गरिँदै छ । करिब रु पाँच करोडको लागतमा भवन निर्माणका लागि क्लबका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानको अध्यक्षतामा समिति गठन गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी