×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए

Artha Sarokar

२४ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – भूकम्पपछिको पुनःनिर्माणका क्रममा चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता बुझेका छन् ।  मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६ परिवारले पहिलो किस्ताको रु ५० हजार बुझी घरको जगनिर्माण गरेर दोस्रो किस्ताको रु.एक लाख ५० हजार लिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।  

अहिलेसम्म दोस्रो किस्ता वितरण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी काम गरिरहेका गैरसरकारी संस्थाले वितरण गरेको एकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिए । ‘भूकम्प अति प्रभावित १४ जिल्लामा २० हजार पीडितलाई गैरसरकारी संस्थाले पुनःनिर्माणका लागि अनुदान दिने प्राधिकरणसँग सम्झौता भएको छ, गैरसरकारी संस्थाको अनुदान पाउने लाभग्राहीले सरकारले दिने सहयोग पाउँदैनन्’ उनले भने ।  
भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो किस्ता लिई जग निर्माण गरेर इन्जिनियरबाट सिफारिस भई आएका लाभग्राहीलाई दोस्रो किस्ता वितरण गर्न रु ११ अर्ब निकासा गरिएको एकाइले जनाएको छ । 
यो रकम ७३ हजार लाभग्राहीलाई वितरण गर्नपुग्छ ।  दोस्रो किस्ताले घरनिर्माण सम्पन्न गरेको सहरी विकास मन्त्रालय अन्तर्गत खटिएका प्राविधिकले सिफारिस गरेपछि छाना छाउने प्रयोजनका लागि रु एक लाख तेस्रो किस्तामा वितरण गरिन्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी