
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ऊर्जामन्त्री जनार्दन शर्माले अबको तीन वर्षभित्र देशका सबै ठाँउमा विद्युतको केन्द्रीय प्रशारण लाइन पुग्ने बताएका छन्।
“समग्र ग्रामीण विद्युतीकरणको योजनाअनुरुप अबको तीन वर्षमा नै मुलुकका सबै क्षेत्रमा विद्युत् सेवा पुग्ने गरी सरकारले काम गरिरहेका छन्,” ताप्लेजुङ सदरमुकाममा शुक्रबार भएको एक कार्यक्रममा उनले भने — “केन्द्रीय प्रशारण लाइन पुगेका क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने र नपुगेका क्षेत्रमा विद्युत् पुयाउने उदेश्यले नै सरकारले अहिले उज्यालो नेपाल अभियान सञ्चालन गरेका छन् ।”
मन्त्री शर्माले आफूले मन्त्रालय सम्हालेयता ताप्लेजुङ, रुकुम, जाजरकोट, कालिकोटजस्ता क्षेत्रमा केन्द्रीय प्रशारण लाइन पु¥याएको र बाँकी दुर्गम क्षेत्रमा पनि क्रमशः विद्युत् पुयाउने सम्भावनाहरुको खोजीमा लागेको बताउँदै अबको तीन वर्षभित्रै बाँकी रहेका ३५ देखि ४० प्रतिशत जनताको घरघरमा केन्द्रीय प्रशारण पुग्ने विश्वास व्यक्त गरे।
“मुलुकका सबै नदिनालाबाट विद्युत् उत्पादन गर्न एवम् सदुपयोग गर्न नीतिगत निर्णयको खाँचो महसुस गरेर सरकारले हाल ३७ बुँदे कार्ययोजनालाई अघि बढाइएको छ,” उनले भने — “पहिलो योजनाअन्तर्गत लोड सेडिङमुक्त गराउने अभियानका क्रममा काठमाडौँ, पोखरा, बुटवल, वीरगन्जलगायतका सहरलाई लोडसेडिङ मुक्त बनाइएको र अन्य क्षेत्रलाई क्रमशः लोडसेडिङ मुक्त बनाउने काम भइरहेको छ ।”
मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई सार्थक तुल्याउन जनता र सरकारको लगानीमा एक जिल्ला एक विद्युत् परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागिएको चर्चा गर्दै प्राथमिकता प्राप्त योजनालाई फास्ट ट्रयाकबाट सम्पन्न गर्न नीतिगत रुपमा सुधार गर्नुपर्ने आवश्यकता औल्याए।
विद्युत् चुहावट न्यूनिकरणका लागि अब चाँडै नै स्मार्ट मिटर जडान गर्ने र मोबाइलबाटै विद्युत् महसुल तिर्ने गरी बातावरण बनाउन अध्ययन तथा आवश्यक काम भइरहेको समेत उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्