
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछिमात्र स्थानीय तहको निर्वाचन घोषणा गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल नवलपरासी शाखाले गरेको कार्यक्रममा बोल्दै निधिले एमालेले खोक्रो राष्ट्रवादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए ।
प्रमुख प्रतिपक्षी दल एमालेसंग बार्ता छलफल गरी सीमांकन लगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागिपरेको उनको भनाई छ । मन्त्री निधिले एमालेको रबैयाको कारण मधेसी मोर्चा बेखुस भएको बताउँदै मोर्चा र एमालेको संवाद सकारात्मक भएकाले संविधान सशोधनको प्रस्ताव सफल हुनेमा आफु विश्वस्त रहेको बताए ।
उनले स्थानीय तह वा निकायको जुनसुकै चुनाव भए पनि कांग्रेसलाई आपत्ति नभएको जिकिर गरे । मुलुकलाई विखण्डन गर्न खोज्ने जो सुकैलाई संविधानले दिएको परिधिभित्र रहेर कारबाही गरिने निधिको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्