
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेकपाका महासचिब नेत्र विक्रम चन्द (विप्लव)ले सरकारले घोषणा गर्ने स्थानीय चुनावको सशक्त प्रतिरोध गर्ने बताएका छन् । रोल्पाको थवाङमा जारी महाधिवेशनको बन्दसत्रमा आफ्नो भनाइ राख्ने करमा उनले यस्तो बताएका हुन् । बन्दसत्रमा प्रतिनिधिहरुले दस्तावेजमाथि उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा बोल्दै विप्लवले सरकारले तत्काल स्थानीय चुनाव घोषणा गरे त्यसको सशक्त प्रतिरोध गरेर असफल पारिदिने बताएका हुन् ।
गाउँ गाउँमा आफ्नो जनसत्ता सञ्चालान भइरहेका बेला सरकारले घोषणा गर्ने चुनावको कुनै औचित्य नरहेको भन्दै उनले उक्त चुनाबलाई आफ्नो पार्टीले पूर्णतया असफल पारिदिने चेतावनी दिएका छन् । स्थानीय तहमा आफ्नो पार्टीको सञ्चालान गरेको जनसत्ताले जनताका कामकारबाही अगाडी बढाइरहेको भन्दै विप्लवले पुरानो सत्ताको झल्को दिने गारी माओवादी नेतृत्वको सरकारले यदी बल मिच्याई गरे त्यसको परिणाम राम्रो नहुने भनाइ राखेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्