×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाकाबन्दीपछि वीरगञ्ज नाकाबाट पर्यटक आवागमन घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नाकाबन्दीपछि वीरगञ्ज नाकाबाट पर्यटक आवागमन घट्यो

Artha Sarokar

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – देशको मुख्य नाका वीरगन्जबाट तेस्रो मुलुकका पर्यटकको आवागमन घटेको छ । सन् २०१६ मा यो नाकाबाट पर्यटकको आवागमन घटेको अध्यागमन कार्यालय वीरगन्जको तथ्यांकले देखाएको छ ।

नाकाबन्दीपछि वीरगञ्ज नाकाबाट पर्यटक आउने क्रम घटेको हो।नाकाबन्दीपछि भैरहवा नाकाबाट पर्यटक बढी भित्रिएकोले वीरगञ्ज घटेको कार्यालयले जनाएको छ।सन् २०१६ मा यो नाकाबाट ९ सय ९ तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेका थिए । सन् २०१५ मा  ९ सय ५० पर्यटक यो नाकाबाट नेपाल आएका थिए र ९ सय ३६ बाहिरिएका थिए ।

डिसेम्बर महिनामा यो नाकाबाट १ सय ११ पर्यटक भित्रिएका र २ सय ५० बाहिरिएका छन् । सबै भन्दा कम जुन महिनामा २२ भित्रिएका र ३१ बाहिरिएका छन् । २०१६मा आफ्नै मुलुकबाट भिसा लिएर आएका २ सय ५२ पर्यटक छन् ।

वीरगन्जस्थित अध्यागमन कार्यालयबाट ९० दिनको भिसा लिएर नेपाल प्रवेश गरेका २६, ३० दिनको भिसा लिएका २ सय ३८, १५ दिनको भिसा लिएका ३ सय ३२ र  सार्क मुलुकका ६१ पर्यटक छन् ।

यो नाकाबाट अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, बेलायत, जर्मनी, थाइल्यान्ड, फ्रान्स, चीन गरी करीब ५० मुलुकका पर्यटक आउने गरेको कार्यालयका नायब सुब्बा शिवशंकर प्रसाद यादवले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी