
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – बैंकिङ क्षेत्रमा लगानी योग्य रकम तरलता अभावको चर्को असर सवारी साधन बिक्रीमा परेको छ । बिक्रीमा कमी आएपछि भन्सारमा आइ पुगेका सवारी साधन भारतीय भूमी र भन्सार यार्डमा थुप्रिएको छ ।
अघिल्लो महिनाको तुलनामा माघमा धेरै कम मात्र गाडी पास भइ रहेको वीरगंज भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए । वीरगंज भन्सार पारिपट्टी भारतीय भूमिमा नेपाल लागिएका सयौँ नयाँ कार जीपको लाइन रहेको उनले जानकारी दिए। कम्पनीहरुले भारतीय जमीनमा भाडामा लिएर सवारी साधन राखेको उनले बताए ।
भन्सारबाट उठ्ने करमा सवारी साधानको मूख्य भूमिका रहेको कारण यो महिना राजस्व नै घट्न सक्ने उनले बताए । उनका अनुसार दैनिक दशभन्दा कम मात्र सवारी साधन छुटाइरहेको छन् ।

वीरगंजस्थित सुख्खा बन्दरगाहबाट पनि सवारी साधान आयातमा कमी आएको छ । त्यहाँबाट भारतबाहेक तेस्रो मुलुकबाट आउने सवारी साधान पास हुने गरेका छ । मोटर्सका उत्पादन एवं महङ्गा कार, भ्यानहरु तेस्रो देशबाट आयात हुने गरेका छन् ।
सुक्खा बन्दरगाह भन्सार प्रमुख सुर्य सेढाईका अनुसार केही मर्सिडिज र ल्याण्ड रोभर गाडी कलकत्ता बन्दरगाहमा नै रोकिएका छन् । तेस्रो पक्षलाई भुक्तानी गर्न नसकेकै कारण बन्दरगाहमा गाडी रोकिएको उनले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्