
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – वीरगञ्जका उद्योगीले भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलार्इ भेटी वीरगञ्जका समस्या समाधान लागि पहल गर्न आग्रह गरेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताको नेतृत्वमा गएको टोलीले नेपाल र भारतबीचको द्धिपक्षीय व्यापारका अवरोध हटाउन आग्रह गरेको हो । संघले रक्सौल–परवानीपुर प्रसारणलाईनबाट थप पचास मेगावाट विजुली ल्याउने वातावरण बनाइदिन आग्रह गरेको छ । अहिले यो प्रसारणलाइनबाट पचास मेगावाट विजुली आइरहेको छ ।
संघले पर्सा बारा तथा रक्सौलको पूर्वाधार विकासका लागि रक्सौल रेल्वे क्रसिङ्गमा ओभरब्रिज निर्माण ,मुजफरपुर–पिपराकोठी राष्ट्रिय राजमार्गको निर्माण, भारत सरकारको सहयोगमा निर्माणाधीन एकीकृत जाँचचौकीमा गोदामको निर्माणका लागि भारत सरकारसँग पहलको लागि आग्रह गरेको हो ।
सिर्सिया सुक्खा बन्दरगाह वीरगन्जलाई ग्लोबल सिपिङ्ग म्यापमा समावेश गर्न तथा नेपाली मालवस्तु आयातका लागि कोलकाता बन्दरगाह मात्र नभई विकल्पको रुपमा बिशाखापटनम बन्दरगाहबाट पनि आयात गर्न अनुमतिका लागि आग्रह गरेको गुप्ताले बताए।राजदूत उपाध्यायले नेपाल–भारत व्यापार तथा पारवाहन समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्