×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालो धनबाट अछुतो छैनन् र यूरोप अमेरिका पनि, ‘स्याडो इकोनोमी’को मारमा यी विकसित देश

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कालो धनबाट अछुतो छैनन् र यूरोप अमेरिका पनि, ‘स्याडो इकोनोमी’को मारमा यी विकसित देश

८ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – केही समयअघि भारतमा कालो धन र नोटबन्दीको विषयले निकै चर्चा पायो । कालो धन सफाया गर्ने भन्दै मोदी सरकारले चालेको नोटबन्दीको कदमको चर्चा अझै सेलाएको छैन । आम बुझाइमा कालो धन कम विकसित र गरिव देशहरुको नियती हो । भ्रष्टाचार र कुशासनको परिणति स्वरुप कालोधन बढ्ने विश्लेषण हुने गरेको छ । 
तर, आम बुझाइलार्इ छक्क पारिदिने गरी एक जर्मन विश्वविद्यालयको अध्ययन सार्वजनिक भएको छ ।
अध्ययन अनुसार कालो धनले विकासशील देश मात्र होइन विकसित र विश्वमा सबल अर्थतन्त्र मानिएका देशलाई पनि तनाव दिएको छ ।
युनिभर्सिटी अफ ट्विनजेनको इन्स्टिच्यूट फर एप्लाइड इकोनोमिक रिसर्चका अनुसार विकसित र सम्पन्न देशलाई ‘स्याडो इकोनोमी’ ठूलै धक्का दिइ सकेको छ । 
अध्ययनले कालो धनले सबैभन्दा बढी पिरोलेको विकसित देशको पहिलो नम्बरमा ग्रीसलार्इ राखेको छ । 
यस्तै दोस्रो नम्बरमा इटाली र तेस्रो नम्बरमा स्पेन छन् । चौथो नम्बरमा नर्वे र पाँचौ नम्बरमा जर्मनी नै कालो धनको मारमा रहेको उल्लेख छ । छैठौं नम्बरमा क्यानडा, सातौं बेलायत, आठौं नेदरल्याण्ड र नवौंमा स्विजरल्याण्ड छन् ।  
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिका पनि कालो धनबाट अछुतो नरहेको अध्ययनले देखाएको छ । दशौं नम्बरमा रहेको अमेरिकामा समेत कुल गार्हस्त उत्पादन  जिडिपीको पाँच प्रतिशत बढि ‘स्याडो इकोनोमी’ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: