- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सरकारले चुनाव घोषणा गरेपछी बजार बढ्ने आशा गरिएपनि आज बजार घटेको छ । बजार खुल्दा निकै उत्साहित भएका लगानीकर्ताहरु बजार बन्द हुँदै गर्दा झन् निराश भएका छन् । चुनावको घोषणापछी बढ्ने आशा गरिएको बजार पुन: घटेको छ । ३ बजे बजार बन्द हुँदै गर्दा बजार ७.५४ अंकले घटेको छ । बजार १३५७.५७ मा आइपुगेको छ ।
नेप्से परिसूचकमात्र होइन आज कारोबार रकम पनि घटेको छ । आज ६० करोड भन्दा माथि कारोबार भएको थियो । सबैभन्दा बढी कारोबार बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेडको भएको छ ।