Skip to content
LAXMI SUNRISE BANK

बूढीगण्डकीको मुआब्जा प्रकृया सुरु, प्रभावितको बैंक खाता खोल्न लालपुर्जा माग

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ  – बूढीगण्डकी जलविद्युत आयोजना प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । 
पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका परियोजना प्रभावित मुआब्जा वितरण गर्ने जनाइएको छ । उनीहरुलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
‘राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा सङ्कलन गरिएको छ, मुआब्जा समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने अहिलेसम्म ९६ जनाको शून्य मौज्दातमा बैंक खाता खोलिसकिएको छ ।’ 
अब केही दिनमा प्रभावितको खातामा रकम पठाउने उनले जानकारी दिए ।
आयोजनाको सिउरेनीटारमा रहेको कार्यालयका कर्मचारीलाई जतिसक्दो छिटो प्रभावित बासिन्दाको लालपुर्जा सङ्कलन र बैंक खाता खोल्न पनि निर्देशन दिइसकिएको प्रजिअ बस्नेतले बताए ।
पहिलो चरणमा तीन गाविसका करिब एक हजार जनालाई मुआब्जा वितरण गर्ने तयारी सुरु गरेपनि ती अहिलेसम्म करिब २०० जनाले मात्र आवेदन दिएका छन् । अरुले पुनर्वासको टुङ्गो नलागेको कारण मुआब्जाका लागि निवेदन नदिएको बताइएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK