Skip to content

चालु आर्थिक वर्ष व्यापारघाटामा ७१ प्रतिशतले वृद्धि

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  –  चालू आव २०७३र७४ को पहिलो छ महीनाका अवधिमा निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ७१.३ प्रतिशतले वृद्धि भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कानुसार चालू आवको  समीक्षा अवधिमा व्यापार घाटा  रू.चार खर्ब २९ अर्ब ७३ करोड पुगेको छ । गत आव २०७२/७३ को प्रथम छ महीनाका अवधिमा व्यापारघाटा २६ प्रतिशतले कमी आएको थियो ।
 केन्द्रको प्रारम्भिक तथ्याङ्कानुसार चालू आवको सो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई रू. पाँच खर्ब दुई अर्ब ३७ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत  छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले वृद्धि भई रू. ३६ अर्ब ३२ करोड तथा कुल पैठारीमा ६४.३ प्रतिशतले वृद्धि भई रू. चार खर्ब ६६ अर्ब पाँच करोड पुगेको छ ।
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, कपडा, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, मन्जन, अलैँची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना पछ्यौरा, जडिबुटी आदि प्रमुख छन् ।
 आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, यान्त्रिक तथा पुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ ।  आयात व्यापारमा दोस्रो स्थानमा रहेको चीनतर्फबाट हुने आयातमा दूरसञ्चारका सामग्री, विद्युतीय उपकरण, यान्त्रिक तथा पुर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्