×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मूल्यबृद्धि बाहेक बाँकी सूचक निरासाजनक, रेमिट्यान्स बृद्धिदर घट्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मूल्यबृद्धि बाहेक बाँकी सूचक निरासाजनक, रेमिट्यान्स बृद्धिदर घट्यो

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल राष्ट्र बैंकले मूल्यबृद्धि दर ३.२ प्रतिशतमा झरेको जनाएको छ । गत बर्ष नाकाबन्दीका बेला १२.१ प्रतिशत पुगेको मूल्यबृद्धि दर चालु आर्थिक बर्षको ६ महिनामा तीन प्रतिशत हाराहारी आएको हो ।
नाकाबन्दी हटेसँगै सहज आपूर्ति र भारतमा पनि मूल्यबृद्धि झरेका कारण त्यसको प्रभाव नेपालमा पनि परेको राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
ब्यापार घाटा
देशको समग्र ब्यापार घाटा भने झन् झन् फराकिलो हुँदै गएको छ। ब्यापार घाटा ७४ प्रतिशतले बढेर ४२८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
६ महिनामा बस्तु आयात ६७।३ प्रतिशतले बढेर ४६४ अर्ब ६१ करोड पुगेको छ। जबकी निर्यात जम्मा ३६ अर्ब २७ करोड रुपैयाँको मात्र भएको छ । यातायात साधन तथा त्यसको पार्टपुर्जा, पेट्रोलियम पदार्थको आयात उल्लेख्य रुपमा बढेको छ ।
भारतबाट मात्रै ४४ अर्बको सवारी साधन तथा मोटर पार्टस भित्रिएको छ । ४९ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ भित्रिएको छ ।
शोधनान्तर
आयात अस्वभाविक रुपमा बढेपछि देशको शोधनान्तर बचत ४५ अर्ब दुई करोड रुपैयाँमा खुम्चिएको छ। गत बर्षको पुसमा यस्तो बचत १३९ अर्ब ७५ करोड रुपैयाँ थियो। देशको चालु खाता त घाटैमा गएको छ । गत बर्ष १५७ अर्ब ५२ करोड रुपैयाँ उच्च बचतमा रहेको चालु खाता आयात बढेका कारण यसपाली एक अर्ब ८ करोड रुपैयाँ घाटामा गएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा कमी आएपछि रेमिट्यान्स बृद्धि दरसमेत घटेको छ। गत बर्ष १७.३ प्रतिशतले बढेको रेमिटेन्स यसपाली ५.७ प्रतिशतले मात्र बढेको छ । ६ महिनामा ३४२ अर्ब २३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: