×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिरासत भित्र मोवाइल र इन्टरनेट सुविधा नभए सिके राउतको टिव्ट कसरी अपडेट भइरहेछ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिरासत भित्र मोवाइल र इन्टरनेट सुविधा नभए सिके राउतको टिव्ट कसरी अपडेट भइरहेछ ?

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – हिरासतमा राखिएको व्यक्तिलाई  प्रहरीले मोबाइल चलाउन दिँदैन । तर,राज्य विरुद्ध संगठित अपराध गरेको आरोपमा  १० दिने थुनामा रहेका सिके राउत निरन्तर सामाजिक सञ्जालमा आफ्ना विचार पोखिरहेका छन ।
राउतले  इन्टरनेटमार्फत् आफ्ना विचार राखिरहेका छन् । उनको ट्वीटर एकाउण्ट घण्टा घण्टामा अपडेट भइरहेको देखिन्छ ।
गत, बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई राति नै सिराहा ल्याएर प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत सिराहाबाट १० दिनको म्याद पनि थपेको छ । हिरासत भित्र मोवाइल र इन्टरनेट सुविधा नभए पनि निरन्तर राउतको टिव्ट कसरी अपडेट भइरहेछ रु
तर प्रहरीले भने सिके राउतलाई अरु सरह नै हिरासतमा राखिएको भन्दै अन्तैबाट उनको ट्वीटर अपडेट भइरहेको जनाएको छ ।
ति प्रहरी अधिकारीले भने राउतलाई हिरासतमा राखेका छौं, ट्वीटर अन्तैबाट अपडेट भइरहेको प्रस्टाएका छन । हिरासतभित्रै बाट यस्तो संभावना नरहेको प्रहरीको भनाई छ । उनलाइ मोबाइल चलाउन समेत नदिइएको प्रहरीले  दाबी गरेको छ  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: