×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोखिममा परेका १२ हजार शरणार्थी क्यानडा जान स्वीकृति, जातका आधारमा भेदभाव नगरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जोखिममा परेका १२ हजार शरणार्थी क्यानडा जान स्वीकृति, जातका आधारमा भेदभाव नगरिने

Artha Sarokar

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम देशका नागरिकलार्इ प्रतिवन्ध लगाएका  बेला क्यानडाले भने धर्म र जातका आधारमा पक्षपात नगरी शरणार्थीलार्इ प्रवेश गर्न दिने घोषणा गरेको छ ।
क्यानडाले इश्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्विकृति दिने भएको हो । 
सरकारले शरणार्थीमध्ये विषेश गरेर महिला, बालबालिका, यजिदी आदीवासी र अल्पसङ्ख्यक धर्माबलम्वीलाई प्राथमिकता दिने बसाइँसराइ मन्त्रीले जानकारी दिए ।
“हामीले उनीहरुलाई मर्का परेको आधारमा सहयोग गर्न लागेका हौं त्यसमा कुनै धर्म र जातलाई पक्षपात गरिने छैन, उनीहरु सवै बाँच्नु पर्दछ भन्नेमा हाम्रो जोड रहन्छ,” बसाइँसराइ मन्त्री अहमद हुसेनले पत्रकार सम्मेलनमा भने ।
झण्डै चार सय शरणार्थी बुधबार आइपुग्ने छन् । उनीहरुलाई पुनःस्थापित गर्न झन्डै दुई करोड बिस लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यजिदी समुदायका व्यक्ति विषेशगरी इराकको उत्तरी क्षेत्रमा बसोबास गर्ने गर्दछन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी