
- प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन – भरतपुरस्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल अझै सुध्रन सकेको छैनन् । कुनै समय निकै चर्चा पाएको यस अस्पतालले स्वास्थ्यमन्त्रीको निर्देशनको अझै पालना नगर्दा अस्पतालका पुराना उपकरणहरु मर्मतको अभावमा बेकाम्मे बन्ने गरेका छन् । अस्पतालमा रहेको ‘ब्राकी थेरापी मेशिन अझै सञ्चालनमा आउन सकेको छैन’ ।
पाठेघर मुखको क्यान्सरको उपचारमा प्रयोग हुने मेशिन समेत र ईएचएस मेसिन अझै सञ्चालन हुन सकेको छैन । रेडियोथेरापी विभागको अर्को उपकरण पनि बिग्रेको छ । सो विभागमा रहेको कोबाल्टले काम गरे पनि लिन्याक एक्सिलेटरमा समस्या आएको छ । रेडियो थेरापी विभागमा दिनमा ८० जनाले सेवा लिन आउँछन् । तर सो, उपकरणहरु बिग्रदा बिरामीलाई राहत भन्दा बढी आहत हुने गरेको छ । उपकरण बिग्रने र बेलैमा मर्मत नहुने अस्पताल को समस्या पुरानो हो । तर, मर्मतको लागी कसैले चासो दिएको पाइदैन । यस्तै, भरतपुर क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई अन्य अस्पतालमा जान रोक लगाउने अस्पताल सञ्चालक समितिको निर्णय असफल भएको छ ।
चिकित्सक तथा प्राविधिकहरु बाहिर पनि काम गर्न जान थालेपछि क्यान्सर अस्पताल बाट दिइने उपचार सेवा खस्केको भन्ने निचोडका आधारमा गत, पुसमा समितिको बसेको बैठकले माघ १ गतेदेखि चिकित्सकहरुलाई निजीमा जान पुर्णतः रोक लगाइने भनिए पनि त्यस्को अनुगमन हुन नसक्दा निर्णयको कार्यान्वयन अझै हुन सकेको छैनन् । यसका लागि अस्पताल प्रशासन ले कार्यदल बनाएरै अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन गरेर डाक्टर र प्राविधिकलाई बाहिरका अस्पतालहरुमा काम गर्न रोक लगाउने तयारी अस्पतालको थियो । माघ महिना भरी कार्यदलले अध्ययन गर्ने र फागुनको सुरूमा नै प्रतिवेदन बुझाउने अस्पतालका कार्यकारी निर्देशक अस्पतालका डा. सिबी पुनले बताएका थिए ।
तर, अहिलेसम्म सो, प्रतिबेदन बुझाएको पाइदैन । उता, अघिल्लो हप्ता मात्रै चितवन आएका बेला स्वास्थ्यमन्त्री गगन कुमार थापाले अनुमति बिना चिकित्सक निजीमा गएर काम गरे कार्वाही गर्ने चेतावनी दिएको भए पनि त्यस्को निश्चित अनुगमन हुन नसक्दा त्यो पनि अहिले अलपत्र अवस्थामा रहेको छ । स्वास्थ्य मन्त्री थापाले नै गम्भीरतापुर्वक चासो देखाए पछि अस्पतालमा अब चाहिं सुधार हुने आशा बिरामी र कर्मचारीले राखे पनि अस्पताल प्रशासनले थालेको सुधारका प्रयासहरु चुस्त दुरुस्त हुन नसक्दा अस्पताल पहिलेकै गतिमा गुज्रिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्