Skip to content
LAXMI SUNRISE BANK

पाँच किलो चरेस सहित एक भारतीय नागरिक पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले आज बिहान ८ः३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ ।

काठमाण्डौबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्ष सुशील सुवेदीले बताए ।

अभियुक्त सदामले काठमाडाँैका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पु¥याएबापत भारु १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरीसमक्ष बताएका छन् । लागुऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK