×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे हाइड्रोपावरको मुनाफा ५५ करोड ९२ लाख पुग्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चिलिमे हाइड्रोपावरको मुनाफा ५५ करोड ९२ लाख पुग्यो

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ करोड ९२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । खुद नाफा गत वर्ष यही त्रैमासको भन्दा २४ लाख ८४ हजार रुपैयाँले घटेको हो ।
 गत वर्ष चिलिमेले ५६ करोड १७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । दोस्रो त्रैमाससम्म आइपुग्दा चिलिमेले बिजुली बिक्रीबाट ६५ करोड ४२ लाख ४१ हजार आम्दानी गरेको छ । यसैगरी, चिलिमेले यो त्रैमासमा कुल नाफा ६१ करोड ४१ लाख तीन हजार रुपैयाँ पुर्याएको छ ।
यस्तो नाफा गत वर्षभन्दा दुई करोड १४ लाख ४९ हजार रुपैयाँले धेरै हो । चिलिमेको सेयर पुँजी तीन अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा चार अर्ब ५२ करोड ८३ लाख २६ हजार रुपैयाँ छ । यस हिसाबले सेयर पुँजीभन्दा रिजर्भ कोष दरिलो देखिन्छ ।  कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष भन्दा घटेर ३२ रुपैयाँ ४४ पैसामा झरेको छ ।
गत वर्ष चिलिमेको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८४ पैसा  थियो । गत वर्ष २३८ रुपैयाँ ७२ पैसा रहेको प्रतिसेयर नेटवर्थ पनि घटेर यसपाली २३१ रुपैयाँ ३३ पैसामा आइपुगेको छ । चिलिमको सहायक कम्पनीहरू निर्माण सम्पन्न हुने तयारीमा पुगेका छन् । सहायक कम्पनी सञ्चालनमा आउन थालेपछि कम्पनीको वित्तीय अवस्थामा थप सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: