
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरंजिवी नेपालले कर्जा पूँजी निक्षेप (सिसिडी) नघाएर लगानी गर्ने बैंकलाई कारबाही सुरु भइ सकेको बताएका छन् ।
छ बैंकले सिसिडी नघाएको पाइएको र उनीहरुलाई नियम अनुसार कारबाही गर्न चिठी काटी सकेको उनले जानकारी दिए ।
‘यसमा कारबाही भन्नाले पुलीस ठानामा लगेर थुन्ने कुरा आएन, मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षामा उनले भने राष्ट्र बैंकले आफ्नो नियम बमोजिम कारबाही सुरु गरि सकेको छ ।’
केही बैंकले तरलता व्यवस्थापनका लागि राख्नु पर्ने निक्षेपको २० प्रतिशत रकम मध्येबाट फाइनान्स कम्पनीहरुलाई अन्तर बैंक कर्जा प्रवाह गरि फेरी उक्त रकम आफ्नै बैंकमा कल डिपोजिटमा राख्न लगाइ नक्कली निक्षेप खडा गरेका थिए ।
यसरी खडा गरिएको नक्कली निक्षेपबाट पुनः कर्जा प्रवाह गरेका कारण अहिले क्रेडिट क्रन्चको अवस्था आएको राष्ट्र बैंकको बुझाइ छ । गत बर्ष पनि केही बैंकले यसरी नक्कली निक्षेप खडा गरेर लगानी गरेका थिए । त्यसबेला केन्द्रिय बैंकले कारबाही नगर्दा बैंकहरु पल्किएका हुन् ।
आइन्दा यो गल्ति नदोहोरियोस् भनेर यसपाली भने कारबाहीको प्रकृया सुरु गरि सकेको राष्ट्र बैंकले जनाएको छ ।
पहिला ३/ ३ महिनामा सिसिडीको रिपोर्ट बुझाउनु पर्ने व्यवस्था रहेकोमा अहिले महिनै पिच्छे हिसाब दिनु पर्ने प्रावधान लागु गरेको समेत गभर्नर नेपालले जानकारी दिए । यसलाई आवश्यक पर्यो भने १५ दिन तथा ७ दिनमा समेत झार्न सकिन्छु उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्