
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – एकपछि अर्को गर्दै निरन्तर चोरी हुन थालेपछि यहाँका केही असन्तुष्टि ब्याबसायीहरुले चितवन प्रशासनको ध्यानाकर्षण गराएका छन् । उद्योग वाणिज्य संघ र सुनचाँदी व्यवसायी संघ चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा पुगि ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण गराउन पुगेका उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले बजार क्षेत्रमा सुन पसललाइ नै निसानमा पारी घटना हुनु ले आफूहरुलाई अत्यन्तै दुस्खित बनाएको बताए । अर्का उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले भने, ‘घटनाका सम्बन्धमा उहाँहरु विस्तृत रुपमा जानकारी दिएपछि हामी लाइ अत्यन्तै दुस्खद बनाएको बताए ।’ साथै उनले, चोरलाइ पक्राउ गर्नका लागि आफूहरुले जस्तोसुकै सहयोग गर्न पनि तयार भएको बताए ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवन निवर्तमान अध्यक्ष विपेन्द्र रामुदामुले ‘प्रमुख जिल्ला अधिकारीलाई भेटेर बजार क्षेत्रमा भइरहेको चोरी घटनाबारे जानकारी गराएको बताए । ’, ‘सुन पसललाई नै केन्द्रित गरी भएका चोरी घटनाले हामी अचम्मित भएका छौं, सुनचाँदी व्यवसायी संघ नेपालका निवर्तमान अध्यक्ष विपिन रामुदामुले भने । उता, व्यवसायीहरुसँग को भेटघाटका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले चोरी घटनाबारे नियमित र गहन अनुसन्धान भइरहेको बताए । उनले सबै ब्याबसायीलाई ढुक्कले ब्याबसायी सञ्चालनमा ल्याउन आग्रह समेत गरेका छन् ।
हामीले बजारमा रहेका सीसीटीभी अपडेटका साथै सुरक्षा गस्तीलाई तीव्रता दिएका छौँ । प्रजिअ भट्टले भने , अबको केही दिनमै चोर सार्वजनिक हुन्छ । यसैबीच , जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक थापाले चोरी घटनाबारे आफूहरु ले तीव्र अनुसन्धान गरिरहेको बताए ।
व्यवसायी हरु सँगको भेटघाटमा प्रहरी उपरीक्षक थापाले प्रविधिको व्यापक प्रयोग गरी चोरको खोजी गरिरहेको बताए । उनले , नारायणगढ बजारमा प्रयोगमा रहेका सीसीटीभी फुटेज, चोरी भएको समयमा त्यस स्थानमा प्रयोगमा आएका मोबाइल नम्बरको बीटीएस खोजीलगायतको काम भइरहेको बताए पछि व्यवसायी आश्वस्त बनेका छन् । चोरको संलग्नताबारे केही खुलिसकेको भए पनि पक्राउ नपरुञ्जेल जानकारी दिन गाह्रो हुने उनको भनाइ छ ।
नारायणगढ मिलनरोडमा रहेको आधुनिक सुनचाँदी पसलबाट गत हप्ता बिहीबार राति झण्डै तीन केजी सुन, साढे १० केजी चाँदी र नगद साढे सात लाख रूपैयाँ चोरी भएको थियो । चोरी घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दीपक श्रेष्ठको संयोजकत्वमा टोली खटिएको छ । चोरले पसलमा रहेको सीसीक्यामरा रेकर्ड बक्स र चोरी पछि बाहिरबाटै ताला लगाइदिएपछि घटना रहस्यमय बनेको हो ।
जुनहलरोडमा रहेको अनुग्रह सुनचाँदी पसलमा शुक्रबार राति मात्रै चोरी भएको छ । अघिल्लो हप्ता मात्रै मिलनरोडमा रहेको आधुनिक सुनचाँदी पसल चोरी भएको थियो । प्रहरीले हालसम्म चोर पक्राउ गर्न सकेका छैनन् । व्यवसायिक सुरक्षा का प्रत्याभूतिका लागि सुनचाँदी व्यवसायी संघ चितवनले चरणबद्ध ढंगबाट उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ तथा व्यवसायीसँग समन्वय गरेर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवन निवर्तमान अध्यक्ष विपेन्द्र रामुदामुको संयोजकत्वमा आइतबारदेखि विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । नारायणगढ मा रहेको आधुनिक सुनचाँदी पसलबाट करोडौं रूपैयाँ बराबरका गरगहना तथा नगद चोरी भएको एक हप्ता बितिसक्दा पनि प्रशासनले चोर पक्रन नसकेको व्यवसायीको भनाइ छ ।
व्यवसायीहरुले विरोधस्वरुप शुक्रबार चितवनका सबै सुनचाँदी पसल बन्द गरेका थिए । छिटोभन्दा छिटो चोर पत्ता लगाई चोरी भएका गरगहना तथा नगद फिर्ता दिलाउन प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्