Skip to content

बैंक तथा सुनचाँदी पसलको सुरक्षा गर्न चितवनमा आजदेखी ‘टास्क फोर्स’

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ  – चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेका बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबीसै घण्टा परिचालन गर्न थालिएको छ । सोमबारदेखि लागु हुनेगरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको क्यूआरटी टोलीसहित ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ ।
 यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायी र प्रहरी बीचको छलफलले यस्तो निर्णय गरेको थियो । यसअघि सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले आन्दोलनको घोषणा गरेका थिए । सहमतिसँगै आन्दोलन टुंगिएको छ ।
‘आजबाट चौबीसै घण्टा, हातहतियार र सञ्चार सेटसहित क्यूआरटी टोली र फाइनन्स टास्कफोर्स परिचालन भएको छ, चितवनका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले भने, ‘आवश्यकता अनुसार मोबाइल टोलीसमेत खटाइएको छ ।’ नारायणगढमा यही माघ २० गते राति आधुनिक सुनचाँदी पसलबाट ४ किलो सुन र ४ किलो ५०० ग्राम चाँदीसहित नगद ७ रुपैयाँ लाख चोरी भएको थियो ।
  शुक्रबार राति फेरि अनुग्रह गहना सप्लायर्सबाट करिब ८ लाख बराबरको सुनको जलप गरिएका गहनाहरु चोरी भयो । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।  सुरक्षा कमजोर भएर चोरीका घटना बढेको भन्दै सुनचाँदी व्यवसायीले चितवन प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्