
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ७३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो नाफा गत वर्षको भन्दा एक करोड १० लाख रुपैयाँले धेरै हो । गत वर्ष सिभिलले १५ करोड ६३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले २६ करोड २९ लाख ६० हजार रुपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ ।
बैंकको खराब कर्जा ४.४५ प्रतिशत पुगेको छ । खराब कर्जा गत वर्ष भन्दा २.३१ ५ ले बढेको हो । गत वर्ष यति नै बेला बैंकको खराब कर्जा २.१४५ थियो । बैंकले सम्भावित जोखिमका लागि ४३ करोड १५ लाख ५३ हजार रुपैयाँ छुट्याएको छ । सिभिलले खुद ब्याज आम्दानीमा पनि १८ करोड ४३ लाख ७३ हजार रुपैयाँ बढोत्तरी गर्न सफल भएको छ ।
यो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५४ करोड ९३ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत वर्ष यही त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३६ करोड ४९ लाख ९३ हजार रुपैयाँ मात्र थियो । चुक्ता पुँजी चार अर्ब ५८ करोड ३८ लाख ६ हजार रुपैयाँ रहेको सिभिलको जगेडा कोषमा भने एक अर्ब ४२ करोड ८० लाख ८३ हजार रुपैयाँ छ ।
निक्षेपमा ३२ अर्ब ९३ करोड ४९ लाख २६ हजार रुपैयाँ रहेको सिभिलले २९ अर्ब ५० करोढ ५० लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी सात रुपैयाँ ३२ पैसा रहँदा बैंकको प्रतिसेयर नेटवर्थ भने एक सय ३१ रुपैयाँ १५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्