
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – धनुषाको जनकपुरबाट पक्राउ परी बिहीबार राती सिरहाको लहान ल्याइएका स्वतन्त्र मधेस गठबन्धनका सीके राउतविरुद्ध संगठित अपराध अन्तर्गत मुद्दा चलाइएको छ। स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएका राउतविरुद्ध राज्यविरुद्धको संगठित अपराध अन्तर्गत म्याद थपका लागि अहिले केही बेरमा सिरहास्थित जिल्ला अदालत लगिने इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
यही माघ ५ गते लहानमा आयोजित कार्यक्रममा राउतले देश टुक्र्याउने अभिव्यक्तिसहित नारा जुलुस गरेकाले धनुषा प्रहरीसँगको सहकार्यमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए।
मधेसकेन्द्रित दलहरुले वार्षिक रुपमा मनाउने बलिदानी दिवसको सन्दर्भ पारेर राउतको नेतृत्वमा उनका समर्थकहरुले लहानमा स्वतन्त्र मधेसको नारा जुलुससहित प्रदर्शन र कोणसभा गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्