
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – जनकपुर राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै आएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन आग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि आचार्यले नेपालपाटीलाई बताए ।
जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। सिराहा स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर उनी त्यहाँ बस्दै आएका थिए। करिब ३ बजेतिर उनलाई पक्राउ गरिएको हो।
राष्ट्र विखण्डन गर्ने तत्वहरुले खुलेआम संगठन विस्तार र अभिव्यक्ति दिइरहँदा सरकार मुकदर्शक बनेको भनेर आरोप लागिरहेको अवस्थामा सरकारले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन आग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी आचार्यले बताए । तर उनलाई कस्तो मुद्धा लगाउने भन्ने विषयमा भने निर्णय भैसकेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्