×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिके राउतलाई १० दिन थुनामा राख्न अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL

सिके राउतलाई १० दिन थुनामा राख्न अदालतको आदेश

२१ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राज्यद्रोहको आरोपमा पक्राउ परेका सिके राउतलाई जिल्ला अदालत सिराहाले १० दिन थुनामा राख्न म्याद दिएको छ । बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो ।
राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताए ।
यसअघि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाएपनि उनी छुटेका थिए ।
यो पटक भने संगठित अपराधमा मुद्धा चलाइने भएको छ । ‘अदालतले हामीलाई राज्य विरुद्धका संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धानका लागि १० को म्याद दिएको छ । त्यही अनुसार अनुसन्धान सुरु हुन्छ’ डीएसपी केसीले भने ।
संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले नै मुद्धा दायर गरेकोले त्यहीँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी