
निर्वाचन आयोग नेपालले भोली बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।
आचारसंहिता लागूपछि सरकारले कर्मचारी सरुवा, बढुवालगायतका चुनावलाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाउदैन। अत्याबश्यक अवस्थामा भने सरकारले निर्वाचन आयोगसँगको परामर्श र सहमतिपछि सरकारले निर्णय गर्न सक्ने छ। प्रक्रियामा रहेका नयाँ पदपूर्ति अघि बढाउन भने बाधा पुग्नेछैन। त्यस्तै विकास निर्माणका नाममा आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन ।
आचार संहिता सरकार, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, स्थानीय निकाय, राजनीतिक दल र सञ्चारमाध्यमलाई पनि लागु हुनेछ । मौन अवधिमा सञ्चारमाध्यले चुनावको प्रचारप्रसार गर्न पाउँदैनन्। राजनीतिक दलहरुले चुनावको प्रचारप्रसार गर्दा पनि संहिता अनुरुप गर्नु पर्छ। पोष्टर, पम्प्लेट आयोगले निर्धारण गरेको मापदण्डमा हुने पर्ने छ ।
आचारसंहिता पालना नगरे आयोगले निर्वाचन आयोग ऐन र निर्वाचन कसुर तथा सजायँ निर्धारण ऐन अनुसार कारबाही गर्न सक्नेछ । आचारसंहिता उल्लङ्घनमा राजनीतिक दलहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने ब्यबस्था छ भने मन्त्रीलाई कालोसूचीमा राख्न सक्ने ब्यबस्था पनि छ ।
मन्त्रीहरुले कुनै उम्मेदवारको पक्षमा र विपक्षमा असर पार्नेगरी आचारसंहिता विपरितको निर्णय वा गतिविधी गरेमा जरिवाना गरिनेछ भने साथै उमेदवारी खारेज समेत गरिदिन सक्नेछ । लगातार आचारसंहिता उल्लंघन गर्नेलाई आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था गरेको छ ।
निर्वाचन आचारसंहिता लागू हुनुअघि मंगलबार मन्त्रिपरिषद बैठक बोलाइएको छ । आजको बैठकमा सरकारले सरुवा, बढुवा , नियुक्ति लगायतका निर्णय लिन सक्ने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्