×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मृत अवस्थामा गाई फेला,हत्याको आशंका

LAXMI SUNRISE BANK
GLOBAL

मृत अवस्थामा गाई फेला,हत्याको आशंका

२० माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

काठमाण्डौ – पुर्वी चितवनको रत्ननगरमा दुईवटा गाई मृत अवस्थामा फेला परेका छन । रत्ननगर वर्डा नम्बर ८ पर्सौनीमा आज दुईवटा गाई मृत अवस्थामा फेला परेको हो । दुई गाई एकै ठाँउमा मृत अवस्थामा फेला परेकोले त्यो हत्या नै भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । 
रत्ननगरको भित्री सडक छेउमा ताराप्रसाद उपाध्यायको जग्गामा रहेको बालुवा डिपोमा गाई मृत फेला परेको हो । घटनाको प्रकृति हेर्दा गाई लाई कसैले केही खुवाएर हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 
गाईलाई सोहीस्थान मा कसैले बीस सेवन गराई या कतैबाट मृत गाई लाई यहाँ ल्याएर फालिएको हुनपनी सक्ने इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख नारायण रञ्जितकारले वताए । गाईको शवलाई पोस्टमार्टमको लागि जिल्ला पशु कार्यालय भरतपुर पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यथार्थ कुरा भन्न सकिने प्रहरी प्रमुख रन्जितकारले वताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी