×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचन सुनिश्चित हुने वातावरण निर्माण गर्न सरकारलाई गरायो एमालेले ध्यानाकर्षण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्वाचन सुनिश्चित हुने वातावरण निर्माण गर्न सरकारलाई गरायो एमालेले ध्यानाकर्षण

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पार्टी स्थायी समितिको अनौपचारिक बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सरकारको निर्णयको स्वागत गरेको हो ।
बैठकले निर्वाचन सुनिश्चित हुने वातावरण निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । निर्वाचनका लागि आवश्यक राजनीतिक तथा कानुनी तयारी सक्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । साथै एमालेले निर्वाचनलाई प्रभावित पार्ने खालका निर्णय नगर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सरुवा, बढुवा लगायतको काम नगर्न सरकारसँग आग्रह गरिएको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । सरकारले निर्वाचनको मिति घोषणा गरेदेखि नै निर्वाचन आचारसंहिता लागू गर्नुपर्ने निर्वाचन आयोग ऐनमा व्यवस्था छ । 
एमालेले स्थानीय तहको संख्या बढाउन नहुने पार्टीको अडान पनि दोहोर्‍याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेसमा स्थानीय तहको संख्या बढाउने निर्णय गरेको थियो । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्नुपर्ने एमालेको माग छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी