×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनुसन्धान विभागमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अनुसन्धान विभागमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Artha Sarokar

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाईदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गर्ने एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोरङ बेलबारी घर भई किर्तिपुर बस्दै आएका २७ वर्षीय प्रेम पुरीलाई झापाको काकडभिट्टाबाट ठगीको आरोपमा पक्राउ गरेको हो । 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पुरीलाई प्रति व्यक्ति दुईदेखि सात लाखसम्म लिई अनुसन्धान विभागमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको पत्ता लागेपछि पक्राउ गरेको जनाएको छ । पुराले कन्चनपुर झलारीका दिपेन्द्र कार्कीलगायतका व्यक्तिहरुलाई ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ ।
 पुरीले अरुलाई प्रलोभनमा पारेर जिल्ला विकास समितिको कार्यालय राजविराज, सप्तरीबाट जारी भएको आफ्नो गाविस सचिवको नक्कली स्थायी नियुक्तिको पत्र देखाउँदै ठगी गर्ने गरेको पाइएको महाशाखाले जनाएको छ । उनले पिडितहरुसँग आइएमईबाट पैसा असुल गर्ने गरेको पनि जनाइएको छ ।  उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको पनि महाशाखाले जनाएको छ ।   
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी