×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा एक पुरुष र एक वृद्ध मृत अवस्थामा फेला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा एक पुरुष र एक वृद्ध मृत अवस्थामा फेला

२४ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

काठमाण्डौ – चितवनको माडी नगरपालिका–२ मा एक पुरुष र रत्ननगरमा एक वृद्ध मृत भेटिएका छन् । माडी नगरपालिकाका भैरबपुर निवासी अन्दाजी ४० वर्षीय चित्रबहादुर बि.क आज मृत अवस्थामा फेला परेको माडी प्रहरीले जनाएको छ । 

सोहि गाउँमा रहेको भ्यागुते खोलामा खस्दा बि।क।को मृत्यु भएको हो । बिहान करिब ८ बजे को समयमा घर बाहिर निस्केका बिक खोलामा खसेका थिए । टाउँको दुख्ने समस्याले ग्रसित वि।क। रिङगटा लागेर पुलबाट खोलामा खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

झुन्डिएको अवस्थामा वृद्ध मृत अवस्थामा फेला 
पुर्वी चितवनको रत्ननगरस्( १० जिरौना मा एक बृद्ध झुण्डि राखेको मृत अबस्थमा फेला परेका छन । जिरौना स्थित आफ्नै घरको गाईगोठ मा ८३ बर्षको कृष्ण प्रसाद ढकालले गलबन्दीको पासो घाँटीमा लगाई झुण्डी राखेको अबस्थामा फेला परेको स्थानीयले बताएका छन । 
उक्त खबर पाए लगत्तै घट्नास्थलमा ईलाका प्रहरी कार्यालय  टाँडीबाट प्रहरी निरीक्षक अभय विक्रम शाहको कमाण्डको टोली पुगेर मुचुल्का उठाइएको ईलाका प्रहरी कार्यलय टाँडिले जानकारी दिएको छ । मृतकको शब भरतपुर अस्पतालमा पोष्टमाटम गरि शव मृतकका आफन्तलाई बुझाईएको प्रबक्ता शाह ले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: