×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त विकास बैंकले कमायो ६५ प्रतिशत मुनाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डिप्रोक्स लघुवित्त विकास बैंकले कमायो ६५ प्रतिशत मुनाफा

Artha Sarokar

२५ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड (Deprosc Development Bank Limited.)  ले दोस्रो त्रैमासमा मुनाफा ६५ दशमलव ९७ प्रतिशतले वृद्धि गरी १४ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष सोहि अवधिमा ८ करोड ८५ लाख रुपैयाँ मुनाफा रहेको थियो ।
बैंक  (DDBL) ले निक्षेपमा ४२ दशमलव ७४ प्रतिशतले वृद्धि गरी १ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ । बैंकले कर्जामा ४ अर्ब ६९ करोड १२ लाख रुपैयाँ पुर्याएको छ । बैंकले खुद व्याज आम्दानी ४० दशमलव ५५ प्रतिशतले बढेर ३० करोड ५१ लाख रुपैयाँ र संचालन मुनाफा ६५ दशमलव ८३ प्रतिशत वृद्धि गरी १९ करोड ९१ लाख रुपैयाँ पुगेको छ । 
बैंकले सम्भावित नोक्सानी व्यवस्थामा ३ करोड ७७ लाख रुपैयाँ राखेको भने सम्भावित नोक्सानी व्यवस्थाबाट ३ करोड १८ लाख रुपैयाँ उठाउन सफल भएको छ ।
प्रतिशेयर आम्दानी ५७ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३८ दशमलव ९५ गुणा, प्रतिशेयर नेटवर्थ ३ सय २८ दशमलव ९६ रुपैयाँ र तरलता अनुपात ५ दशमलव ९१ गुणा रहेको छ । त्यस्तै जोखिम युत्त सम्पत्ति १७ दशमलव ६५ प्रतिशत र निस्कृय कर्जा शुन्य दशमलव ७७ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी