
एकातिर, सासु र म्यानपावरवालीलाई राजदुतमा सिफारिस, तेश्रो वरियताक्रमका जयबहादुर चन्दलाई आइजी बनाउन खोजेसगै सत्ताधारी कांग्रेस र माओवादीबीचको दुरी बढ्दै गएको छ ।
देउवाको कार्यशैलीका कारण रुष्ट कांग्रेस भित्रकै अर्काे समूह अर्काे कांग्रेस पार्टी जन्माउने तयारीमा लागिरहँदा देउवाकै कार्यशैलीका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने देउवाले काग्रेसलाई देउवा प्रालि बनाउने खोजेको ठहर गर्दै तत्कालै कार्यसमिति बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेका छन ।
महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगन्जमा हिजो बिहान बसेको पौडेल पक्षधर नेताहरूको बैठकले केही दिनअघि पार्टीका तर्फबाट राजदूत सिफारिस गरिँदा पनि सभापति देउवाले मनोमानी गरेको ठहर गरेको छ। ‘राजदूत सिफारिसमा सभापतिले एकलौटी गरे, कुनै छलफल नगरी आफ्नो प्राइभेट कम्पनी चलाए, पार्टीमा यस्तो स्वीकार्य हुन्न,’ बैठकको निष्कर्ष सुनाउँदै एक नेताले भने ।
बैठकले सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक तत्काल नबोलाए हस्ताक्षर संकलन अभियान गर्ने निर्णयसमेत गरेको छ। बैठकले पार्टी सञ्चालन, सरकार सञ्चालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न माग गर्दै तत्काल पार्टी केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित रूपमा माग गर्ने निर्णय गरेको हो ।
पार्टीको साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेपछि पौडेल पक्ष सभापति देउवाप्रति निकै आक्रोशित भएका छन । पौडेल पक्षधर नेताहरूले राजदूत नियुक्ति तथा प्रहरी प्रमुखको नियुक्तिमा व्यक्तिगत स्वार्थ जोडेर सभापति देउवाले पार्टीको साख गिराएको निष्कर्षसमेत निकालेका छन् ।
पार्टीका तर्फबाट राजदूतमा सिफारिस गरिएका आशा लामा, रमेश कोइराला र भीम उदास पार्टीको साधारण सदस्यसमेत नरहेकाले सो सम्बन्धमा पुनर्विचार गर्न पनि केन्द्रीय कार्य समितिको बैठक तत्काल बोलाउनुपर्ने अवस्था आएको दाबी उनीहरूले गरेका छन् ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्