धुर्मुस सन्तलीले ५० बर्षको लागि बनाएको बस्ती एक लात हान्दा भत्कने खालको छ भनी स्थानीयले गरेको गुनासो सम्बन्धि भिडियो काभ्रेली अनलाइन नामक युट्युब च्यानलमा अपलोड भएको थियो । उक्त भिडियोको लिंक प्रेस काउन्सिलमा दर्ता भएका अधिकांस अनलाइनको मेलमा पठाइएको थियो । तर पछि उक्त च्यानलले आफ्नो भिडियो हटाएको छ । पाठकहरुलाई ‘झुक्याएको’ भन्ने भ्रम नपरोस भनेर हामीले पुन: उक्त भिडियोहरु अपलोड गरिरहेका छौं । काभ्रेली अनलाइन नामक च्यानल भने बन्द गरिएको छ ।
यस्तो छ फाउन्डेसनको विज्ञप्ति :
यता सीताराम कट्टेल (धुर्मुस)ले भने उक्त भिडियोमा सत्यता नभएको बताएका छन् । बिगुल न्यूज नामक अनलाइनसँग कुराकानी गर्दै उनले यस्तो भनेका छन् । सुन्नुहोस् उनीसँग गरिएको कुराकानी :