×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनाव घोषणा भएपछी सेयर लगानीकर्ताहरुलाई दिलीप मुननकर्मीको यस्तो सुझाव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चुनाव घोषणा भएपछी सेयर लगानीकर्ताहरुलाई दिलीप मुननकर्मीको यस्तो सुझाव

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

शुभ प्रभात । चुनावकाे घाेषणासँगै लगानिकर्ता र काराेवरि सबैमा पक्कै छाएकाे छ । अागमी दिनहरू अझै सुखद हुनसक्ने छन् । तर समय र परिस्थित सँधै एउटै हुँदैन, त्यसैले निम्न कुरालाई पनि ध्यान दिएर लगानि र काराेवार व्यवस्थापन गर्नु उपयुक्त हाेला । म भने अबकाे २-३ महिना बजारमा र तपाईहरूसामु उपस्थित हुन नस्कने हुँदा सुरक्षित, संयमित, स्पष्ट उद्देश्य लिएर धैयता साथ लगानि वा काराेवार गर्नुहाेला । सबैलाई शुभकामना ।
१. बैकिग क्षेत्रले राम्रो प्रगति गरेकाे छ र अागामि दिन राम्रै गर्ने देखिएकाे छ । तर सबै बैंक उतिकै सबल र कमजाेर छैनन, अाधारभुत पक्ष, व्यवस्थापन र ग्राेथ हेरेर निर्णय गर्नुस ।
२. विमाले तुलनात्मक रूपमा राम्रो गरिरहेकाे छ । यसकाे बजारमुल्यहरू निकै उतारचढाव हुँदा काराेवारिलाई नाफामुलक हुनसक्छ । पुँजि बाध्यात्मक व्यवस्था नभए पनि व्यवसायकाे अाकारले पनि बढाउन कम्पनि बाध्य हुनेछन ।
३. केही विकास बैकहरूले अाम्दानिमा बैंकहरूलाई उछिनेका छन् । राम्राे नाफा दिएका छन्, तर धेरै मर्ज वा प्राप्तिमा जाने संभावना समेतलाई ध्यानदिएर बलियाे छान्नु हाेला ।
४. फाईनान्सहरूले पनि पहिले भन्दा राम्राे गरेका छन् । तर बैंकहरूकाे तुलनामा विक्री गर्न केही कठिन हुन्छ, त्यसैेले तरलतालाई पनि विचार गर्नुहाेला ।
५. लघुवित्त केही जाेखिम देखिए पनि यहाँ निकै उत्कृष्ट पनि छन् । राम्ररी केलाउनु हाेला ।
६. जलविदुतकाे अाम्दानि र खर्च उत्पादन गर्ने स्वीकृत क्षमता र उत्पादनमा भर पर्छ, बैंक वा विमाकाे जस्ताे व्यवसाय विस्तारकाे क्षमाता कम हुन्छ ध्यान दिनु हाेला। 
७. पर्यटन क्षेत्रमा प्रतिस्पर्धा र अवरसर बढेकाे छ । हाेटेल हेरेर निर्णय गर्नुस ।
८. एकैचाेटि धेरै लगानि गर्न नसके पनि साना म्युचुअल फण्ड छन् अध्ययन गरेर लगानि गर्नुस ।
जय लगानीकर्ता, जय काराेवारि । सबैकाे जय हाेस् सबैकाे भलाे हाेस् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: