Skip to content
LAXMI SUNRISE BANK

चार्टड एकाउन्टेन्ट दीपक पाण्डे ‘युथ अफ दी एयर, २०७३’ अवार्डबाट सम्मानित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चार्टड एकाउन्टेन्ट दीपक पाण्डे ‘युथ अफ दी एयर, २०७३’ अवार्डबाट सम्मानित भएका छन् । राष्ट्रिय यूवा परिषदसंगको सहकार्यमा मोटिभेट न्यूज डट कमले आयोजना गरेको सफलताका लागि प्रेरणा कार्यक्रम २०७३मा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।
प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौड्यालले सिए पाण्डेलाई सम्मान गरेका हुन् । कार्यक्रममा अनिल शाह, कुलमान घिसिङ, विजय लामा, जीतु नेपाल र रोमा न्यौपानेले आफ्नो सफलताको कथा बांढेका थिए भने योगी विकासानन्दले आफ्नो प्रस्तुती राखेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK